प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई थुनामा पठाउन आदेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई थुनामा पठाउन आदेश


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत कास्कीले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

न्यायाधीश ऋषिराज आचार्यको इजलासले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन रजिस्ट्रारको जिम्मेवारी सम्हालेकाबेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए ।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ, रजिस्ट्रार हॅुदा सवा करोड घुस खाएको आरोप

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी, सहकारीको रजिष्ट्रार हुँदा १ करोड बढी घुस लिएको आरोप

Tags :
प्रतिक्रिया दिनुहोस