प्रमुख प्रशासकीय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ, रजिस्ट्रार हॅुदा सवा करोड घुस खाएको आरोप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रमुख प्रशासकीय अधिकृत पराजुली कार्यकक्षबाटै पक्राउ, रजिस्ट्रार हॅुदा सवा करोड घुस खाएको आरोप


११ पुस २०८०, बुधबार


काठमाडौँ । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय बहादुर पराजुली पक्राउ परेका छन्। उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले प्रशासनलाई बताए ।

उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो। उनलाई पक्राउ गरी आजै पोखरा पठाउने तयारी भइरहेको प्रजिअ आचार्यले बताए । सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए।

स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी, सहकारीको रजिष्ट्रार हुँदा १ करोड बढी घुस लिएको आरोप

Tags :
प्रतिक्रिया दिनुहोस