सरकारले व्यावसायिक शिक्षालाई प्राथमिकता दिएन : सदस्य सचिव भट्टराई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले व्यावसायिक शिक्षालाई प्राथमिकता दिएन : सदस्य सचिव भट्टराई


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्य सचिव महेश भट्टराईले सरकारले व्यावसायिक शिक्षालाई शब्दमा मात्रै प्राथमिकता दिएको तर व्यवहार र योजनामा कहीँ पनि अग्रणी भागमा नराखेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बाल्दै सदस्य सचिव भट्टराईले सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा पर्न नसकेको बताएका हुन् । सीटीईभीटीमा २०५१ सालमा नौँ सय ३२ शिक्षक कर्मचारीको दरबन्दी रहेको तर त्यसपछि बढ्न नसकेको भट्टराईले बताए । उनले अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका अधिकारीले प्राविधिक शिक्षकको दरबन्दी बढाउनमा कुनै चासो नदिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

स्थापना कालमा ५ स्कुल रहेको सीटीईभीटीमा अहिले ६५ स्कुल बन्दा पनि दरबन्दी भने थप नभएको उनले जानकारी दिए ।कक्षा ९ देखि १२ मा सरकारले दरबन्दी नै नदिएको भट्टराईको भनाइ थियो । प्राविधिक शिक्षकको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव लिँदा शिक्षा मन्त्रालयका पदाधिकारीले सबै करारमा राख्नुपर्छ भन्ने जवाफ दिने गरेको उनले बताए ।

विद्यार्थीलाई सीप मात्रै नभएर समयसापेक्ष सीप हुनुपर्ने भट्टराईले बताए । उनले बजारमा काम भएको तर ती काम गर्ने मानिसलाई नेपाली समाजले हेर्ने दृष्टिकोणका कारण पनि समस्या रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस