प्रधान सेनापतिद्वारा उपरथीद्वय घिमिरे र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधान सेनापतिद्वारा उपरथीद्वय घिमिरे र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान


१६ पुस २०८०, सोमबार


काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथीद्वय पवन राज घिमिरे र चोक बहादुर ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  

आज जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

 

पदोन्नतिसँगै उपरथी घिमिरे श्री नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल श्री सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् ।   

गत पौष १२ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार ढकाल र घिमिरे उपरथी दर्जामा पदोन्नति भएका थिए । 

सोही अवसरमा प्रधान सेनापति शर्माले सोही मितिबाट सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीहरू क्रमशः कमल बानिया पिएच.डी, राजाराम बस्नेत, रोज प्रताप राणा, सञ्जय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस