हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१६ पुस २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी ११ माघमा हुने निर्वाचनका लागि हेटौँडामा सोमबार कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय हेटौँडा उपमहानगरपालिका-५ मा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको हो।

सात प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ। जसमध्ये बागमती प्रदेशबाट विभिन्न क्षेत्र (क्लस्टर)का गरी राष्ट्रिय सभा सदस्यमा चारजना सदस्य निर्वाचित हुनेछन्।

मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार बागमती प्रदेशमा एक सय १० जना प्रदेश सभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी तीन सय ४७ जना मतदाता छन्।

Tags :
प्रतिक्रिया दिनुहोस