वैदेशिक रोजगार विभागको महानिर्देशकमा घिमिरे « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वैदेशिक रोजगार विभागको महानिर्देशकमा घिमिरे


१५ पुस २०८०, आइतबार


डण्डुराज घिमिरे

काठमाडौँ । सहसचिव डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले मन्त्रालयका सहसचिव घिमिरेलाई विभागको महानिर्देशकमा पठाएका हुन् ।

घिमिरेले शुक्रबार विभागको महानिर्देशकको रूपमा पद बहाली गरिसकेका छन् । 

यसअघिका महानिर्देशक मदन दहाल ७ महिनामै सरुवा गरिएको थियो । जेठ २ गते विभाग पठाइएका दाहाललाई मंसिर २२ गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गरिएको थियो ।

सम्बन्धित समाचार : ७ महिनामै सरुवा भए वैदेशिक रोजगार विभागका महानिर्देशक दहाल

अत्यन्तै ‘क्रोनिक’ अड्डाका रूपमा लिइने विभागमा पछिल्लो समय केही सुधारका सङ्केतहरू आए पनि पुनः पुरानै लाइनमा फर्किएसँगै ‘सेटिङ’वाल कर्मचारी र ‘बिचौलिया’को रजगज सतहमा आएको छ । कमाऊ अड्डाका रूपमा लिइने विभागमा व्यवसायीहरूको ठुलै चलखेल हुने गरेको छ । राजनीतिक र प्रशासनिक नेतृत्वको इच्छाशक्तिबाट सुधार सम्भव भए पनि नागरिकले महसुस गर्ने गरी अनुभूत गर्न सकिरहेका छैनन् । 

यिनै जटिलताकाबीच महानिर्देशक बनेका घिमिरे कति सफल हुन्छन् त्यो भने हेर्न बाँकी नै छ । यद्यपि उनी कठिन र जटिल परिस्थितिकाबीच विभिन्न निकायहरूको अनुभव लिई सकेका कर्मचारी हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस