२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७ महिनामै सरुवा भए वैदेशिक रोजगार विभागका महानिर्देशक दहाल

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन मदन दहालको सरुवा भएको छ । गत जेठ २ मा मात्र विभागको जिम्मेवारीमा आएका दहाल ७ महिनामै सरुवा भएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले शुक्रबार मन्त्री स्तरीय निर्णय गर्दै विभागका महानिर्देशक दहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा गरेका हुन् । यससँगै त्यहाँका महानिर्देशक केशव विमलीलाई राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिको कार्यकारी निर्देशकमा सरुवा गरिएको छ । दहालको सरुवासँगै विभाग भने खाली राखिएको छ ।

विभाग आउनु केही समय श्रम मन्त्रालयमा बसेका दहाल त्यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए।

पछिल्लो समय वैदेशिक रोजगार विभागमा बेथितिहरू बढ्दै गएका थिए । स्थापित प्रणालीहरूलाई निरन्तरता दिने भन्दा पुरानै परम्परालाई फर्काउन थालिएसँगै गुनासाहरू बढ्दै गएका थिए । व्यवसायी भन्दा धेरै बिचौलियाको बिगबिगी रहने विभागमा ‘सेटिङ’कै कारण सर्वसाधारणहरू लुटिँदै आएका छन् ।

सर्वसाधारणलाई सहजता प्रदान गर्ने भन्दा कसेर कमाउने ‘धन्दा’का रूपमा लिइँदा पछिल्लो समय थप बदनामित बन्दै गएको छ वैदेशिक रोजगार क्षेत्र । त्यसैमा दाउ खेल्ने राजनीतिक नेतृत्वसँग केही कर्मचारीहरुले काँध मिलाउँदा जहिल्यै नाक खुम्च्याउनु पर्ने अवस्था छ ।