२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा हुने सहसचिवको संख्या तीन दर्जन पुग्यो, सामान्यले टुङ्ग्यायो सूची 

अ+ अ-

काठमाडौँ । सरुवा हुने सहसचिवको संख्या तीन दर्जन पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबेरसम्म बसेर संघ, प्रदेश तथा स्थानीय तहमा सरुवा हुने सहसचिवहरूको सूची टुङ्गो लगाएको हो । मन्त्री अनिता देवी साहको कार्यकक्षमा सचिव तथा प्रशासन महाशाखा प्रमुखलगायत टिमले घण्टौँ लामो छलफलपछि एक चरणमा टुङ्ग्याएको स्रोतले जानकारी दिएको छ ।

बिहीबारसम्म दुई दर्जन जति हुन सक्ने भनिएकोमा सबैतिरबाट कलेक्सन गरिएको सूची मिलाउँदा तीन दर्जन जतिमा टुङ्ग्याइएको जानकारी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ । 

सम्बन्धित समाचार : दुई दर्जन बढी सहसचिवको सरुवा तयारी, वरिष्ठलाई प्रदेश पठाइँदै 

प्राप्त विवरण अनुसार आधा दर्जन जति संघीय मन्त्रालयका सहसचिवहरू संघीय मन्त्रालयहरूतिर मिलान गरिएको छ भने बाँकी प्रदेश र स्थानीयका रहेका छन् । जसमध्ये सबैभन्दा धेरै प्रदेश जाने र प्रदेशबाट संघमा आउनेको सूची तयार भएको स्रोतको भनाई छ । सूचीमा समावेश नामावलीहरुमध्ये दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी गृहबाट बाहिरिने छन् भने संघीय मन्त्रालयका दुई सहसचिव गृह प्रवेश गर्दैछन् । त्यसैगरी कर्णाली प्रदेशबाट एक सहसचिव संघीय आयोगमा आउँदछन् । 

प्राविधिकतर्फ प्रदेशबाट संघमा आउनेहरूको हकमा खासै विवाद नभए पनि प्रदेशतिर पठाउनेहरूको हकमा सूचीमा समावेश नामावलीहरू फेरबदल हुन सक्ने देखिन्छ । जसमा संघीय मन्त्रालयकै हकमा पनि प्रधानमन्त्रीको कार्यालय तथा मुख्यसचिवबाट नामावली थपघट तथा परिवर्तन हुने सम्भावना रहेको स्रोत बताउँछ । 

मन्त्रालयले मन्त्रीसमेतबाट राखेर सूची तयार गरे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएपछि केही थपघट हुन सक्नेछन् । यही सूची नै सदर भएको अवस्थामा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरुवा निर्णय हुने छ तर मुख्यसचिवले सूची हेरफेर गरेर ल्याउन लगाएको अवस्थामा थप केही लाग्न सक्ने छ । 

पछिल्लो समय कर्मचारीको सरुवामै सबैभन्दा ठूलो गलफती चल्ने गरेको छ । यतिसम्मकी मन्त्रालयले नै आफ्नो अगाडीको नाम संघीय मामिला बिर्सेर सरुवा मन्त्रालयका रूपमा मात्रै ठान्दा ९० प्रतिशत जति काम सरुवामै केन्द्रित रहेको एक सहसचिव बताउँछन् । ‘यहाँ आउने मन्त्री-सचिवको ९० प्रतिशत जति दिमागै सरुवामा केन्द्रित देखिन्छ’ ती सहसचिव भन्छन् ‘१० प्रतिशतमा सीमित हुनुपर्ने सरुवा ९० मा गएपछि संघीय मामिला भन्ने नामै गुमनाम जस्तो भएन त ?’

कर्मचारीको अभिभावक मन्त्रालयका हिसाबले सरुवा व्यवस्थापन सामान्यकै जिम्मामा भएको र आवश्यकता अनुसार जतिबेला पनि मिलान गर्नु स्वाभाविकै भए पनि पछिल्ला दिनहरूमा बिग्रेकोलाई मिलाउने भन्दा मिलिरहेकोलाई बिगार्नेतिर उद्यत देखिन्छ । विशेष गरी स्थानीय तहहरू मन्त्रालयको यो कार्यबाट आजित छन् । 

प्रतिक्रिया दिनुहोस