२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दर्जन बढी सहसचिवको सरुवा तयारी, वरिष्ठलाई प्रदेश पठाइँदै 

अ+ अ-

काठमाडौँ । दुई दर्जन बढी सहसचिवको सरुवा तयारी हुँदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश जाने अवधि पुगेका ज्येष्ठ सहसचिवहरूको सरुवा गर्ने तयारी गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुशार शुरुमा अवधिका हिसाबले प्रदेश जाने सहसचिवहरूको सूची चार दर्जन पुगेको भए पनि विभिन्न मन्त्रालयबाट विभागीय प्रमुखमा भर्खरै मात्र पठाएकाहरूलाई तत्कालै सरुवा गर्दा अर्को समस्या देखिने भएकोले सूची घट्न पुगेको हो । 

अवधिका हिसाबले प्रदेश पठाएको अवस्थामा केही ठुला आकर्षक(मालदार) अड्डाका महानिर्देशकदेखि शक्तिशाली मानिएका जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूसम्म सरुवा हुने सूचीमा रहेका थिए । अब भने प्रदेश नै नगई मन्त्रालयमा बसेका वरिष्ठ सहसचिवहरूलाई प्रदेश पठाइने छ भने प्रदेशबाट प्रदेशमै गएकाहरुलाईसमेत संघमा ल्याइने बताइँदै आइएको छ ।

कतिपय प्राविधिक मन्त्रालयहरूमा सचिव बढुवाको लाइनमा रहेका सहसचिवहरूसमेत प्रदेश नगई सङ्घमै सेटिङ मिलाएर बसेका छन् भने कतिपय प्रदेशबाटै अर्को प्रदेशमा साँठगाँठमा काम गरिरहेका छन् । 

केही समय अघिसम्म पालो अनुशार नै ज्येष्ठ सहसचिवहरूलाई प्रदेश पठाइँदै आइएको थियो तर क्रमशः कतिपय कनिष्ठलाई प्रदेश धकेलेर वरिष्ठहरू यही सेट मिलाएर बस्न शुरु भयो । जसले गर्दा पछिल्लो समय रोलक्रम नै बिग्रिएको छ । 

स्रोतका अनुशार मन्त्रालयले प्रारम्भिक छलफल पछि फाइनल सूची तयार गर्दै छ । सम्भवतः सरासर भएको अवस्थामा आउँदा क्याबिनेटबाट सहसचिव सरुवाको निर्णय हुन सक्ने छ । 

अघिल्लो सहसचिवको सरुवा सूचीमा झैँ थप्ने र हटाउने खेलमा तेरो र मेरो मै तानातान भएको अवस्थामा भने सरुवा सूची सदर हुन महिनौँ पनि लाग्न सक्ने ब्युरो स्रोत बताउँछ ।