मुख्यमन्त्री कार्कीले भने-एमालेसहितको सरकार विस्तारको छलफलमा छौँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री कार्कीले भने-एमालेसहितको सरकार विस्तारको छलफलमा छौँ


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विस्तारको लागि नेकपा एमालेसँग छलफल जारी रहेको बताएका छन् । उनले आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको सुनाए ।

हेटौँडामा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले एमालेसहितको दलहरूसँग छलफल जारी रहेकाले अहिलेसम्म सरकारले पूर्णता नपाएको बताए । आफू मुख्यमन्त्री भएपछि सहमतिको प्रयास जारी राखेको बताउँदै उनले कोशीको विशेष परिवेशमा सर्वदलीय सरकार आवश्यक रहेको बताएका छन् ।

संघीय संसद सुतेको टिप्पणी गर्दै कार्कीले भने, ‘संविधानले दिएको विषयलाई वास्ता नगर्ने तर पपुलर हुने नाउमा उत्पट्याङ प्रस्ताव ल्याउने काम वर्तमान प्रतिनिधि सभामा भइरहेको छ, डिसेन्टरलाइजलाई उनीहरूले पचाइरहेका छैन, यो विषयमा सात प्रदेशको मुख्यमन्त्रीको भेलामा जोडदार कुरा उठ्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस