गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । 

अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए । सोही रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

रिट निवेदनमा गभर्नर अधिकारीको शैक्षिक योग्यता चार्टड एकाउन्टेन्ट मात्रै रहेको र चार्टड एकाउन्टेन्ट भनेको स्नातकोत्तर तह नभई स्नातक तह मात्रै रहेकाले उनी राष्ट्र बैंकको गभर्नर पदका लागि योग्य नरहेको दाबी गरिएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा नेपाल राष्ट्र बैंकका गभर्नर पदका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर रहनुपर्ने भनिएको छ ।

गभर्नर अधिकारीले पेश गरेका शैक्षिक प्रमाणपत्रमा उनी चार्टड एकाउन्टेन्ट मात्रै रहेको देखिएको र चार्टड एकाउन्टेन्ट भनेको स्नातकोत्तर नभई स्नातक पद रहेको  रिटमा दाबी गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस