पक्राउ पुर्जीबारे समाजवादी मोर्चाको ध्यानाकर्षण, दोहोरो चरित्र सह्य नहुने ‘विप्लव’को चेतावनी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पक्राउ पुर्जीबारे समाजवादी मोर्चाको ध्यानाकर्षण, दोहोरो चरित्र सह्य नहुने ‘विप्लव’को चेतावनी


११ पुस २०८०, बुधबार


काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन्। आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरु भएको बताए।

चन्दलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ। उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस