इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो 


११ पुस २०८०, बुधबार


काठमाडौँ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा बर्नलीलाई २-० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलका लागि डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाएका थिए । 

त्यस्तै, खेलको अन्तिम समयमा डिएगो जोटाले गोल थपे । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ । 

दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ । लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्ककासाथ पुछारबाट दोस्रोमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस