सप्तरीबाट २ सय ४० केजी गाँजा बरामद, एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सप्तरीबाट २ सय ४० केजी गाँजा बरामद, एक जना पक्राउ


५ पुस २०८०, बिहिबार


काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ कोशीपलार ईलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले २ सय ४० केजी गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सो ठाउँको काँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बिओपी बर्साईनले बरामद गरेको हो ।

बरामद गाँजा आवश्यक अनुसन्धान कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । यसैगरी सप्तरी जिल्लाकै कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट पुस ४ गते सशस्त्र प्रहरीले ५ केजी ३ सय ग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलमा आउँदै गरेका बेलका नगरपालिका ६ बस्ने १८ वर्षीय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष तालिम शिक्षालय सप्तरीले जाँच गर्ने क्रममा झोलाभित्र प्लास्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका राईलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस