मन्त्री किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा आन्दोलन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री किराँतीको राजीनामा माग्दै पशुपति क्षेत्रमा आन्दोलन


५ पुस २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै सनातन धर्म संस्कृतिसम्बन्धी सङ्गठनहरूले पशुपति क्षेत्रमा बिहीबार आन्दोलन गरेका छन् । मन्त्री किराँतीले एक कार्यक्रममा बुधबार दिएको अभिव्यक्तिको विरोध गर्दै बिहीबार यसबिरुद्ध आन्दोलन भएको हो।

मन्त्रीले सामाजिक सद्भाव बिथोलेको आरोप आन्दोलनकारीहरुले लगाएका छन्। मन्त्री किराँतीले बुधबार क्रिस्चियन धर्मलाई स्वीकार नगर्ने जेल जान योग्य रहेको अभिव्यक्ति दिएका थिए।

मन्त्री किराँतीले बुधबार नै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन मगरलाई नियुक्त गरेका थिए। यसको पनि आलोचना भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस