नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए शपथ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नवनियुक्त ६ जना न्यायाधीशहरुले लिए शपथ


५ पुस २०८०, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरूलाई प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए । बुधवार नियुक्त भएका न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस