पशुपति क्षेत्र विकास कोषको विज्ञमा अशोक सिलवाल नियुक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पशुपति क्षेत्र विकास कोषको विज्ञमा अशोक सिलवाल नियुक्त


५ पुस २०८०, बिहिबार


काठमाडौँ । अशोक सिलवाल पशुपति क्षेत्र विकास कोषको विज्ञ नियुक्त भएका छन् । कोष सञ्चालक परिषद्ले लाङटाङ सद्भावना दूत समेत रहेका पत्रकार सिलवाललाई विज्ञ नियुक्त गरेको हो ।

नेपाल सरकारको नीतिअनुसार पशुपतिनाथको महामहिमाबारे अन्तर्राष्ट्रिय प्रचारप्रसार, धार्मिक आध्यात्मिक एवम् सांस्कृतिक धरोहर तथा विशिष्टिकृत अध्ययन केन्द्रको रूपमा पशुपति क्षेत्रको विकास, संरक्षण, संवर्द्धन आदिका लागि सिलवाललाई नियुक्त गरेको कोषले जनाएको छ ।

कन्फिडिरेसन अफ एशियन जर्नालिस्ट युनियनका उपाध्यक्ष सिलवाल पर्यटन प्रशिक्षक समेत हुन् । कलम, लेखक दुनियाँ, श्रीलङ्का स्मृतिलगायतका पुस्तकका लेखक सिलवाल गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालका सल्लाहकार समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस