सन्दीपविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरूले बुझाए बहस नोट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सन्दीपविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरूले बुझाए बहस नोट


३ पुस २०८०, मंगलबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा दुवैतर्फका वकिलहरूले आआफ्नो बहस नोट अदालतलाई बुझाएका छन् । यही बहस नोटका आधारमा वकिलहरूले अबको सुनुवाइमा संक्षिप्त बहस गरेपश्चात् मुद्दाको फैसला हुनेछ ।

जिल्ला अदालतले गत कात्तिक २३ गते दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो । न्यायाधीश केदारप्रसाद घिमिरेले एक महिनाभित्र (मंसिर २२ सम्म) बहस नोट बुझाउन आदेश दिएका थिए । धेरै कानून व्यवसायीहरूले नाम लेखाएको मुद्दामा बहसलाई बरालिन नदिन र चाँडो फैसला गर्न बहस नोट माग्ने प्रचलन छ ।

अदालतको आदेशअनुसार जाहेरीकर्ता गौशाला २६ को तर्फबाट सरकारी वकिलले छोटो बहस नोट बुझाएका छन् । सन्दीपका वकिलहरूले बुझाएको बहस नोट भने ४० पेज लामो रहेको बताइएको छ ।

अदालत स्रोतका अनुसार दुवै पक्षको बहस नोटमा गौशाला २६ को उमेरलाई सर्वाधिक महत्त्व दिइएको छ । सरकारी पक्षले सन्दीपसँग भेट हुँदा गौशाला २६ नाबालिग रहेको दाबी गरेको छ भने सन्दीप पक्षले १८ वर्ष कटिसकेको दाबी गरेको छ । बादी पक्षको तुलनामा सन्दीप पक्षका वकिलका कागजातहरू अकाट्य र विश्वसनीय देखिएको अदालत स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस