विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारीबारे समाजवादी मोर्चाले जनायो आपत्ति « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारीबारे समाजवादी मोर्चाले जनायो आपत्ति


२ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी भएको दुई सातापछि समाजवादी मोर्चाले आपत्ति जनाएको छ । मोर्चाका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वक्तव्य जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विप्लवसहित नेकपा नेताहरूलाई असोज १८ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

वक्तव्यमा भनिएको छ, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा यस प्रकारको कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिनका लागि सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सम्झौतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी सरकार र सम्बद्ध पक्षलाई आह्वान गर्दछौँ ।’

सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । नेकपा नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा राज्यविरुद्धको कसुरमा ४ वर्षअघि मुद्दा दायर भएको थियो ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध जिल्ला अदालत काठमाडौँले असोज १४ गते गोरखापत्रमा सूचना प्रकाशित गरेर पक्राउ पुर्जीको सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ३५ दिनभित्र आफूसँग भएको सबुद प्रमाणसहित आफैँ उपस्थित भनिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस