२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयको धारणा मन्त्रीको निजी सचिवालयको लेटर प्याडमा !

अ+ अ-

काठमाडौँ । मन्त्रालयको धारणा मन्त्रीको निजी सचिवालयको लेटर प्याडमा सार्वजनिक भएको विषयले यति बेला सिंहदरवारमा चर्चा पाएको छ ।

मन्त्रीको सहरीकरणका लागि व्यवस्था गरिएको निजी सचिवालयले मन्त्रालय तथा सरकारको धारणा सार्वजनिक भएसँगै सोबारे कर्मचारी वृत्तमा चर्चा परिचर्चा शुरु भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको निजी सचिवालयको लेटर प्याडमा आइतबार ट्रेड युनियन र नेपाल वायु सेवा निगमलाई सम्बोधन गर्दै पत्र काटिएको थियो । जुन सरासर गलत भएको एक सचिव बताउँछन् । यतिबेला मन्त्री सुदन किराती छन् ।

मन्त्रीको निजी सचिवालयको लेटर प्याडमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि) ले गरिरहेको भूमिस्थ सेवा (ग्राउन्ड ह्याण्डलिङ) खोस्नेबारे मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको उल्लेख गरिएको थियो । पूर्वमुख्य सचिव विमल कोइरालाले मन्त्रालयको आधिकारिक धारणा मन्त्रालयको लेटर प्याडमा र मन्त्रीको निजी धारणा मन्त्रीको लेटर प्याडमा आउनु पर्ने बताए ।

निजी सचिवालयले सार्वजनिक गरेको मन्त्रीको निर्देशनमा भनिएको थियो, ‘नेपाल वायुसेवा निगमको भुमिस्थ सेवा (ग्राउन्ड ह्याण्डलिङ्ग)का सम्बन्धमा औपचारिक रूपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारिक निर्णय नभएको र यस विषयमा नेपाल सरकारले निर्णय नगर्दा सम्म वायुसेवा निगमको भुमिस्थ सेवा (ग्राउन्ड ह्याण्डलिङ्ग) यथावत रहेको अवगत गराउँदै वायुसेवा निगमको समग्र सुधार केन्द्रित हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाइ कार्य गर्न निगम सम्बद्ध सम्पूर्ण क्रियाशील ट्रेड युनियनहरूले सञ्चालन गरेका आन्दोलनका सबै गतिविधि रोकी तत्कालै काममा फर्किन माननीय मन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ ।’ ‘मन्त्रीको धारणा वा मन्त्रीले बोलेको कुरा मन्त्रीको निजी सचिवालयको लेटर प्याडमा आउने हो,’ पूर्वमुख्य सचिव कोइरालाले भने, ‘मन्त्रालयमा आधिकारिक निर्णय नभएको विषय मन्त्रीको निजी सचिवालयले कसरी थाहा पायो ?’

उक्त निर्देशनमा सादर अवगतार्थ भनेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र मन्त्रालयका सचिवलाई पठाइएको छ । ‘यो झन् खराब विषय हो । यो राजनीतिक प्रकृतिको भयो । त्यसो गर्नु हुँदैन, यो मर्यादा विपरीत हुन्छ । अहिले जे गरे पनि हुन्छ भन्ने छ,’ कोइरालाले भने ।

मन्त्रीको व्यक्तिगत तोक लाएर आएको निर्देशन निजी सचिवालयको लेटर प्याडमा सार्वजनिक गरिएको निजी सचिवालयले जनाएको छ । ‘यो प्रशासनिक नभएर राजनीतिक विषय भएकाले निजी सचिवालयको लेटर प्याडमा सार्वजनिक गरिएको हो,’ निजी सचिवालयका शाखा अधिकृत कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार : मन्त्रालयले भन्यो-नेवानिबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफल भएको छैन

यता मन्त्रालयका एक अधिकारीले भने ‘राजनीतिक विषय भएकाले निजी सचिवालयले सार्वजनिक गरेको होला ? मन्त्रालयको धारणा निजी सचिवालयको लेटर प्याडमा सार्वजनिक गर्न मिल्दैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउन्ड ह्याण्डलिङ सेवा खोसी प्रतिस्पर्धामा लैजाने निर्णय गरेसँगै निगमका कर्मचारीहरू आन्दोलित छन् ।