मन्त्री निजी सचिवालयले भन्यो-नेवानिबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफल भएको छैन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मन्त्री निजी सचिवालयले भन्यो-नेवानिबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफल भएको छैन


१ पुस २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमन्त्रीको निजी सचिवालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि) ले गरिरहेको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ ।

आइतबार नेपाल एयरलाइन्समा क्रियाशील ट्रेड युनियनलाई पत्र पठाउँदै यस विषयमा मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको सचिवालयले स्पष्ट पारेको हो ।

साथै सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहने समेत निजी सचिवालयले जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसी प्रतिस्पर्धामा लैजाने निर्णय गरेसँगै निगमका कर्मचारीहरू आन्दोलित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस