निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी मूल्य घटाएको हो । 

निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको हो ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको छ । 

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । 

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

मूल्य सूची :

Tags :
प्रतिक्रिया दिनुहोस