छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा गर्ने तयारी « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा गर्ने तयारी


२७ मंसिर २०८०, बुधबार


काठमाडौँ । छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार रुपन्देही जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको छ ।

क्रिकेटलाई काठमाडौँ बाहिर लैजाने योजनाले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल भैरहवामा गर्न लागिएको क्यानको भनाई छ । प्रतियोगिताअघि केही अन्तर्राष्ट्रिय सिरिज हुने तयारी भइरहेका कारण प्रतियोगिताको मिति भने सार्वजनिक भइसकेको छैन ।

सम्भवत प्रतियोगिता माघको पहिलो सातादेखि हुने बताइएको छ । यसअघि नै यो प्रतियोगिता राउण्ड रोबिन प्रणालीमा गर्ने तयारी भए पनि निश्चित भने भइसकेको छैन ।

यसअघिको प्रधानमन्त्री कपको उपाधि एपीएफ क्लबले जितेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस