चार औषधिको उत्पादनमा विभागले लगायो रोक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चार औषधिको उत्पादनमा विभागले लगायो रोक


२६ मंसिर २०८०, मंगलबार


काठमाडौँ । औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ । विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो ।

औषधि मूल्याङ्कन समितिको अध्ययन र रायका आधारमा यस्तो निर्णय गरिएको विभागले जनाएको छ । विभागका अनुसार ती औषधिमा सम्मिश्रणको मात्रा मापदण्डअनुसार नभएको पाइएकाले तत्काल उत्पादन नगर्न भनिएको हो।

रोक लगाइएका औषधिको बजारमा बिक्री भइरहेको ‘ब्रान्ड’ समेत थप उत्पादन नगर्न विभागले निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस