२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारबाही गर्नुपर्ने उपसचिवलाई आकर्षक कार्यालय उपहार !

अ+ अ-

पर्सा । अनैतिक गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरु प्रसाद निरौलाले आकर्षक कार्यालय उपहार पाएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निरौलालाई मालपोत कार्यालय पर्साको प्रमुखको जिम्मेवारी दिएको हो । प्रशासन समूहका कर्मचारीहरूका लागि मालपोत कार्यालय आकर्षक मानिन्छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई आएका निरौलालाई मन्त्रालयले मालपोत प्रमुख बनाएर पर्सा पठाएको हो । 

मन्त्रालय र विभागमा उपसचिवलाई राख्ने ठाउँ नभएपछि पर्सा पठाइएको हो । ‘गलत आचरण भएको छ भने सरुवा गरेर पठाउनै भएन । गलत क्रियाकलाप गरेको भए सम्बन्धित निकायले कारबाही गर्नु पर्‍यो,’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले भने, ‘डमरु मात्र होइन, अन्य १९ जना थपिए पनि हामीले कार्यालय प्रमुख नै दिएर पठाउँदा सेवा प्रवाहलाई सहजीकरण हुन्छ भन्ने मन्त्रालयको बुझाइ छ ।’ कारबाहीको प्रक्रिया जहाँबाट सुरु भएको छ त्यसको सेटल पनि त्यतैबाट हुनुपर्ने मन्त्रालयले जनाएको छ । 

उनका अनुशार मातहतका कार्यालयमा १९ जना उपसचिव र एक सय ३० जना अधिकृतको दरवन्दी खाली छ ।

दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका बेला नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन पत्र काटेको थियो । त्यसपछि करिब ४ महिनासम्म निरौला मन्त्रलालमै बसे । पछिल्लो समय उनी सामान्यबाट भूमि मन्त्रालयमा सरुवा भएका थिए । 

विवादित उपसचिव निरौलालाई कारबाहीको सट्टा कार्यालय प्रमुखको जिम्मेवारी दिइएपछि यसले कर्मचारी वृत्तमा चर्चा पाएको छ । विवादमा तानिएपछि उनीसँग स्पष्टीकरण सोध्ने काम भएको सङ्घीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ । कारबाही प्रक्रिया अगाडी बढेको भए पनि उनलाई निलम्बन भने गरिएको थिएन । 

‘कर्मचारीहरूलाई सधैँ भरी मन्त्रालयमा राख्न सकिँदैन । या त विभागीय कारबाही गरेर निलम्बन गर्नु पर्‍यो, या खाली भएको स्थानमा पठाउनु पर्‍यो । अहिले दरबन्दी खाली भएको मन्त्रालय भनेको भूमि मन्त्रालय नै हो,’ सङ्घीय मामिला तथा सामान्य मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले भने, ‘खाली मन्त्रालयमा सरुवा गरिएको हो । कुन पदमा कहाँ खटाउने भन्ने विषय भूमि मन्त्रालयको काम हो ।’ विभागीय कारबाही गर्ने अवस्था नदेखिएकोले दरबन्दी खाली भएको मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

सङ्घीयको करिब ४ महिना बसाइँमा निरौलालाई कुनै जिम्मेवारी दिइएको थिएन । मङ्सिरमा सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालय आउने बित्तिकै  महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ । निरौला मालपोत कार्यालय पर्सामा हाजिर भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । मालपोत कार्यालय पर्साका एक कर्मचारी भन्छन् , ‘उहाँको व्यक्तिगत जीवनसँग हाम्रो केही सरोकार छैन । अहिले हामीले कार्यालय प्रमुखको रूपमा हेरेका छौँ ।’

सम्बन्धित समाचार : २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन दमकका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतको अनैतिक हर्कत : छानबिनको माग गर्दै उपप्रमुखलाई ज्ञापन पत्र, क्वार्टरमा लाग्यो ताला

प्रतिक्रिया दिनुहोस