२४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन दमकका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

२४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन दमकका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन


१५ श्रावण २०८०, सोमबार


काठमाडौँ । अनैतिक गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलालाई २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो यति बेला सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा भाइरल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस