अनुसन्धान अधिकृत बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अनुसन्धान अधिकृत बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२४ मंसिर २०८०, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा विभागका तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी उनले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भइ अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको अख्तियारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस