बाँकेका तीन पानी उद्योगलाई कारबाही « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाँकेका तीन पानी उद्योगलाई कारबाही


२२ मंसिर २०८०, शुक्रबार


बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले अनुगमको क्रममा कैफियत पाइएका विभिन्न पानी उद्योगलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको  नेतृत्वमा सरोकारवाला निकायहरूको सहभागितामा बिहीबार जिल्लाका खानेपानी उत्पादन गर्ने उद्योगको अनुगमन भएको थियो ।

राना प्रोसेसिङ ड्रिङ्किङ वाटर इन्ड्रस्ट्रिज नेपालगन्जलाई २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै अनुज्ञा पत्र नलिदासम्मका लागि उत्पादन रोक्का गरिएको छ । वाइके ड्रिङ्किङ वाटर इन्ड्रस्ट्रिजलाई सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नगर्दासम्मका लागि उद्योग सिल गरिएको प्रशासन कार्यालयले जनाएको छ । 

यसैगरी न्यु सगरमाथा पानी उद्योगलाई बिल बिजक बिना कारोबार गरेकोले ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमका क्रममा खानेपानी संस्थानबाट वितरण हुने पानीको नमुना परीक्षणका लागि सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस