एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार जरिवाना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार जरिवाना


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि उनको पसललाई १० हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ ।

यसअघि एक पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो । ए एण्ड बि वेभरेज इण्ड्रिस्टिजलाई महानगरले १ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

सम्बन्धित समाचार : मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख जरिवाना

किरा भएको बोतल प्याक गरेको पाइएकाले त्यसमा ध्यान दिन समेत निर्देशन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस