मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख जरिवाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख जरिवाना


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । काठमाडौँस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएको छ । कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रा.लि.लाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनी विरुद्ध काठमाडौँ महानगरमा उजुरी दिएको थियो । कागेश्वरी मनोहरा नगरपालिका-६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रा.लि.लाई महानगरले अब अर्को पटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यस्तै पानी बोतलमा भर्नु अगाडि बोतल अनिवार्य रूपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ । प्रा.लि.लाई महानगरले ढुवानीकर्तालाई पनि निर्देशन उपलब्ध गराउन भनेको छ । यस अघि पनि महानगरले पानीको जार कम्पनीलाई पटक पटक कारबाही गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस