कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था : ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था : ओली


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा आर्थिक सङ्कट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका हुन् ।

झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा आयोजित सभामा बोल्दै उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे । ‘यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो, ’उनले भने,’यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ ।’

एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधानका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो । यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस