प्रशासनिक कार्यक्रम रोक्ने कर्मचारी सङ्घको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रशासनिक कार्यक्रम रोक्ने कर्मचारी सङ्घको चेतावनी


२० मंसिर २०८०, बुधबार


काठमाडौँ । कर्मचारीहरूले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घले माग पूरा नभए दीक्षान्त समारोह नै हुन नदिने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।

विगतका सम्झौतालाई पूर्ण कार्यान्वयन र गुमेका सुविधाहरूको यथावत् प्राप्तिको सुनिश्चितताका लागि तीन दिनभित्र ठोस निर्णय नभएमा त्रिविका सम्पूर्ण निकायहरूमा प्रशासनिक कार्य तथा शैक्षिक कार्यक्रम पूर्णरुपमा ठप्प पार्दै त्रिविको दीक्षान्त समारोहलाई समेत प्रभावित पार्ने’ कर्मचारी सङ्घले मङ्गलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्मचारी सङ्घले त्रिविसँग गत चैत भएको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

माग सम्बोधनका लागि त्रिवि कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष छत्रबहादुर कार्कीले सोमबार उपकुलपति प्रा.डा. शिवलाल भुसाललाई ज्ञापन पत्र बुझाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस