कर्मचारीहरूले लिए सीपीआरको आधारभूत तालिम « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

कर्मचारीहरूले लिए सीपीआरको आधारभूत तालिम


१९ मंसिर २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले कार्डिपल्मोनरी रिससिटेसन (सीपीआर) को आधारभूत तालिम लिएका छन्।

महानगरका अनुसार विपद् क्षति न्यूनीकरणका लागि पूर्वतयारी, विपदका समयको प्रतिकार्य र त्यसपछिको पुनः स्थापनामा वडाले निर्वाह गर्नुपर्ने भूमिका, यसका लागि जान्नुपर्ने आधारभूत ज्ञान र व्यवस्थापनका लागि हुनैपर्ने सीप विकासका लागि आयोजना गरिएको हो।

आयोजना गरिएको ३ दिने तालिम (मङ्सिर १५, १६ र १७ गते) को अन्तिम दिन यसको अभ्यास गरिएको हो। महानगरको विपद् व्यवस्थापन विभागले आयोजना गरेको तालिममा वडा सचिव, इन्जिनियर र विपदका समयमा सक्रिय हुनुपर्ने विभागहरू (प्रशासन, लेखा) का अधिकारीहरू सहभागी थिए।

सीपीआर जीवनको अन्तिम अवस्थामा पुगेका व्यक्तिको फोक्सो र मुटुको गतिलाई पुनः स्थापना गर्ने प्रक्रिया हो। व्यक्ति जुनसुकै समयमा पनि यो अवस्थामा पुग्न सक्छ। त्यसबेला स्वास्थ्यकर्मी नहुन सक्छन्।

यस अवस्थामा सीपीआर बुझेका व्यक्तिले सीपीआर गरेर अवस्थालाई सामान्य बनाउने प्रयास गर्न सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस