४ निर्देशक पदका लागि १२ जना प्रारम्भिक छनोटमा (सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

४ निर्देशक पदका लागि १२ जना प्रारम्भिक छनोटमा (सूचीसहित)


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदमा आवेदन दिएकामध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट) मा परेको छ ।

आयोगको नाम सिफारिस समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि धेरै अङ्क पाउने १२ जनाको नाम प्रारम्भिक छनोट सूचीका रूपमा सार्वजनिक गरेको हो ।

प्रारम्भिक छनोटमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । उनीहरूमा डा. कृष्णसागर शर्मा, प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा. वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा. डा. सरला श्रेष्ठ छन् ।

त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा परेका छन् ।

प्रस्तुतीकरण र अन्तर्वार्तामा धेरै अङ्क ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन् ।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस