आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।

मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ मात्र बनाउन सक्यो । सोमपाल कामी १६ र विवेक यादव अविजित २५ रन बनाए पनि आर्मीलाई जित दिलाउन सकेनन् ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, सन्तोष कार्कीले १६, रोहित पौडेलले ५, राजेश बुढामगरले ३, बसिर अहमदले २, भीम सार्कीले २२ रन बनाएर आउट भए ।

बलिङतर्फ मधेसका कप्तान हरिशंकर शाहले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका शाहले १९ रन खर्चेर ४ विकेट लिएका हुन् । प्रदीप पासवान २ र प्रतीक यादव १ विकेट लिए ।

यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमांशु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३-३, सोमपाल कामी र बसिर अहमदले १-१ विकेट लिए ।

उपाधि जितेको मधेसले नगद ५ लाख हात पार्‍यो । फाइनलमा मधेससँग पराजित भएको आर्मीले २ लाख ५० हजारमामा चित्त बुझायो ।

Tags :
प्रतिक्रिया दिनुहोस