राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक


१५ मंसिर २०८०, शुक्रबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ १३ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगले बिहीबार स्वीकृत गरेको कार्यतालिका अनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । त्यस्तै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता हुने कार्यक्रम रहेको छ ।

राजनीतिक दल दर्ता भएपछि पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनको लागि पठाइनेछ ।

कार्यतालिकाअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । पुस २० देखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस