पृथ्वीमान गुरुङलाई बागमती प्रदेश प्रमुखको जिम्मेवारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पृथ्वीमान गुरुङलाई बागमती प्रदेश प्रमुखको जिम्मेवारी


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बागमती प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकीका प्रदेश प्रमुख गुरुङलाई दिएका हुन् ।

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा भोलिदेखि २१ गतेसम्म चीन भ्रमणमा जाने भएकाले मन्त्रिपरिषद्को सिफारिस बमोजिम उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस