दुबई जानुअघि प्रधानमन्त्री दाहालले गरे राष्ट्रपति पौडेलसॅग भेटवार्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुबई जानुअघि प्रधानमन्त्री दाहालले गरे राष्ट्रपति पौडेलसॅग भेटवार्ता


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस