दवाडी सचिवमा बढुवा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दवाडी सचिवमा बढुवा


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको छ।

बुधबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय सरिता दवाडी, दिनानाथ मिश्र र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, आजै बढुवा

दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस