कमेडियन अपूर्व क्षितिज दोषी ठहर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कमेडियन अपूर्व क्षितिज दोषी ठहर


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेवारी समुदायलाई होच्याएर कमेडी गरेको आरोपमा लागेका कमेडियन अपूर्व क्षितिज सिंह दोषी ठहर भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले आइतबार अपूर्वलाई दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । न्यायाधीश कपिलमणी गौतमको इजलासले फैसला गरेको हो ।

२०७९ कात्तिकमा अपूर्वविरुद्ध अदालतमा अभियोग पत्र दायर भएको थियो । त्यसअघि नेवारी समुदायका अगुवाको जाहेरीपछि अपूर्व पक्राउ परेका थिए । प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस