२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान समितिमा परिणत

अ+ अ-

काठमाडौँ । सरकारले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरी कार्यान्वयनमा ल्याएको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै समितिले यस्तो समिति सक्रिय बनाएको हो । यससँगै यसअघि ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कार्यालय समितिको कार्यालयमा परिणत भएको छ ।

यसअघि सो प्रतिष्ठानबाट भइरहेका काम समेत समितिले गर्ने कामका रूपमा परिणत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ।

मन्त्रालयका अनुसार प्रतिष्ठानको सुनसरीको इटहरी र रुपन्देहीको बुटवलस्थित कार्यालय समेत अब समितिको कार्यालयका रूपमा परिणत भएका छन् । समितिले आफ्नो कार्यालय अब राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान राख्न सक्नेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनको लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको हो ।

२३ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकता अनुरूप दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न, गराउनका लागि उक्त समिति (गठन) आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको थियो ।

उक्त प्रतिष्ठानमा एक अधिकार सम्पन्न सञ्चालक समिति रहने र प्रतिष्ठानको प्रशासकीय प्रमुखको रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस