उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३६ जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३६ जना घाइते


९ मंसिर २०८०, शनिबार


काठमाडौँ । उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।

त्रियुगा नगरपालिका-५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना हुँदा चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए।

चौधरीका अनुसार दुर्घटना स्थलबाट उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। उनले भने, ‘मृतक र घाइतेको विवरण सङ्कलन भइरहेको छ, हामीले दुर्घटनागस्त स्थानबाट उद्धार गरी ल्याएका छौँ।’

चौधरीले थप विवरण सङ्कलन भइरहेकाले हालसम्म तीन जनाको मात्र मृत्यु पुष्टि भएको बताउँदै भने, ‘बस के कति कारणले दुर्घटना भयो ? त्यसको अनुसन्धान सुरु भएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस