८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने : मन्त्री ज्वाला « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने : मन्त्री ज्वाला


२७ कार्तिक २०८०, सोमबार


काठमाडौँ । सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड भूकम्प प्रभावितको घर निर्माणमा खर्च गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ८ अर्ब २५ करोडमा १ अर्ब ७५ करोड गरेर १० अर्बको भूकम्प पीडित राहत कोषमा बनाउने निर्णय गरेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले ८ अर्ब २५ करोड छुट्याइएको थियो ।

यस विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले यो कार्यक्रम कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

त्यही रकम भूकम्प प्रभावित क्षेत्रको पुन निर्माणमा खर्चिने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, ‘भूकम्प प्रभावितहरूको पुरस्थापना र पुन निर्माणका लागि कोषमा सहयोग गर्न अन्तराष्ट्रिय समुदाय र सङ्घ संस्थालाई अपील गरेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस