निजगढ विमानस्थल निर्माण प्रक्रिया सुरु गर्ने सरकाको निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निजगढ विमानस्थल निर्माण प्रक्रिया सुरु गर्ने सरकाको निर्णय


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजगढ विमानस्थल निर्माणका विषयमा सुझाव दिन गठित विज्ञ समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार यो प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

सर्वोच्च अदालतले वातावरणीय क्षति नहुने गरी निजगढमा विमानस्थल निर्माणका लागि विज्ञहरूबाट अध्ययन गराउन आदेश दिएको थियो । त्यसपछि सरकारले गठन गरेको विज्ञ समितिले कम वातावरणीय क्षतिमा विमानस्थल बनाउन सकिने गरी प्रतिवेदन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस