घाइतेको उपचारमा ध्यान दिन राष्ट्रपतिको आग्रह « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घाइतेको उपचारमा ध्यान दिन राष्ट्रपतिको आग्रह


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन्।

राष्ट्रपति भवन शीतलमा आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज एवं प्रभावकारी बनाउन, उनीहरूको उपचारमा संवेदनशील बन्न सरकारको तर्फबाट हरसम्भव प्रयास हुनुपर्नेमा जोड दिएका थिए।

जाडोयामको प्रारम्भ अन्य रोगको प्रकोप बढ्न सक्ने भएकाले त्यसतर्फ पनि चनाखो हुन राष्ट्रपतिले मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस