कोशी प्रदेश सभाले सुरु गर्‍यो मुख्यमन्त्रीसँग प्रश्नोत्तर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी प्रदेश सभाले सुरु गर्‍यो मुख्यमन्त्रीसँग प्रश्नोत्तर


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ। कोशी प्रदेश सभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेश सभामा पहिलो पटक प्रश्नोत्तरको अभ्यास गर्न थालिएको हो ।

दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा सदस्यसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् । कार्की भन्दा अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र काँग्रेस संसदीय दलका नेता उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री बनेका थिए ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबारको बैठकमा मुख्यमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची छ । मुख्यमन्त्रीलाई प्रश्न गर्नका लागि प्रदेश सभा सचिवालयमा आठ जनाले प्रश्न टिपाएका छन् ।

प्रदेशसभा सचिवालयले प्रश्न मुख्यमन्त्री केदार कार्कीलाई पठाइसकेको छ । मुख्यमन्त्रीले जवाफ दिने क्रममा प्रश्नकर्ताले पूरक प्रश्न पनि गर्न पाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस