भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशले ७ दिनको तलब सहयोग गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशले ७ दिनको तलब सहयोग गर्ने


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । न्यायाधीश तथा कर्मचारीहरूले जाजरकोट भूकम्पका प्रभावितका लागि आफ्नो तलब काटेर आर्थिक सहयोग गर्ने भएका छन् ।

बुधवारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरूबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका सचिव र सहसचिवहरूबाट ३ दिन, अधिकृत स्तरका कर्मचारीबाट २ दिन र अरु कर्मचारीहरूबाट १ दिनको तलब रकम सहयोग स्वरूप जम्मा गर्ने निर्णय पनि गरेको सर्वोच्च अदालतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस