रेशम चौधरीको कैद मिनाहा सम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रेशम चौधरीको कैद मिनाहा सम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौं । पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदैछ ।

रेशमको कैद माफी मिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै परेको रिट निवेदनमा बिहीबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

१५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको जन्मकैदको सजाय माफीमिनाहा गरेका थिए । चौधरीको माफी मिनाहाको निर्णय हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन ।

माफी मिनाहापछि सार्वजनिक पूर्णपाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख छ ।

सम्बन्धित समाचार : टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठ)

३ असोजमा संविधान दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले व्यक्तिहत्यामा दोषी ठहर भएका तरुण दलका नेता योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गरेका थिए । तर १६ कात्तिकमा सर्वोच्च अदालतले उनको कैद मिनाहा गैरकानुनी ठहर गर्दै बदर गरेको थियो ।

सम्बन्धित समाचार : यस्तो छ रिगलको आममाफी बदरसम्बन्धी सर्वोच्चको फैसला (पूर्णपाठ)

सम्बन्धित समाचार : रिगललाई दिइएको माफी बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश

Tags :
प्रतिक्रिया दिनुहोस