६ करोड गैर कानुनी सम्पत्ति आर्जनको आरोप लागेका भण्डारीलाई सफाइ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

६ करोड गैर कानुनी सम्पत्ति आर्जनको आरोप लागेका भण्डारीलाई सफाइ


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ। मङ्गलवार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएकोमा अदालतले सफाइ दिइएको हो। 

०७९ असार ३ मा अख्तियारले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्धा चलाएको थियो।

०७३ असोज २१ मा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारीका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले साउन ०७७ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएका थिए। उनले सरकारी सेवा सुरु गरेदेखि पुस ०७८ सम्म आर्जन गरेको सम्पत्तिलाई गणना गरी मुद्दा चलाइएको थियो।

अख्तियारले भण्डारीको कुल आय २६ लाख ६१ हजार रुपैयाँ हुनुपर्नेमा त्यसभन्दा निकै बढी सम्पत्ति आर्जन तथा लगानी रहेको दाबी गरेको थियो। साढे ६ करोड रुपैयाँभन्दा बढीको व्यय र सम्पत्ति देखिएपछि भण्डारीलाई प्रतिवादी बनाउँदै मुद्दा चलाइएकोमा विशेषले अख्तियारको दाबी नपुग्ने फैसला गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस