भूकम्प प्रभावितलाई सञ्चार मन्त्रालय र निकायका कर्मचारीले सहयोग गर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भूकम्प प्रभावितलाई सञ्चार मन्त्रालय र निकायका कर्मचारीले सहयोग गर्ने


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र माताहतका निकायका कर्मचारीहरुले भूकम्प प्रभावितहरुको राहतका लागि सहयोग गर्ने भएका छन् ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले सयोग गर्ने निर्णय गरेको हो । जसअनुसार राजपत्राङ्कित विशिष्ट/प्रथम श्रेणी वा दश तह र सोभन्दा माथिका कर्मचारीले तीन दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी वा छ तहदेखि नौ तहसम्मका कर्मचारीले दुई दिन र सहायकस्तरका सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तालब सहयोग प्रदान गर्ने भएका छन् ।

कार्तिक महिनाको मासिक पारिश्रमिकबाट नै कट्टा हुने गरी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । यो सहयोगका अतिरिक्तसम्पूर्ण निकायहरुले आफूले सकेको र आफ्नो भूमिका क्षेत्रभित्र पर्ने एवं थप योगदान गर्न सक्षमता एवं इच्छा भएमा आर्थिक, भौतिक लगायतका अन्य सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा महाशाखा प्रमुख, विभागका महानिर्देशक र मन्त्रालयका शाखा प्रमुख तथा निकायका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकले सो क्षेत्रमा सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिने र सो को अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले भूकम्पमा परी मृत्युवरण गरेका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस